एम्बुलेन्ससहित नक्कली बिरामी प्रहरी नियन्त्रणमा

तुलसीपुर । दाङको तुलसीपुरतर्फ आइरको एम्बुलेन्ससहित नक्कली बिरामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दाङको तुलसीपुरमातर्फ आइरहेको एम्बुलेन्ससहित चार जना सल्यानमा पक्राउ परेका हुन् ।
अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर रा१च ५१२ नरबरको एम्बुलेन्समा तुलसीपुर आउँदै गरेका लमही नगरपालिका–३ नारायणपुर बस्ने २९ बर्षका मिनराज सुवेदी, २३ बर्षको दिप्तु चौधरी, १८ बर्षका रबिन चौधरी र चालक शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ३० बर्षका गिरीराज खत्रीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादेले जानकारी दिनुभयो ।
मानव परोपकार तथा समाज कल्याण केन्द्रद्वारा सञ्चालित एम्बुलेन्सले उनिहरुलाई रुकुम पश्चिमबाट तुलसीपुर ल्याउँदै थियो ।
प्रकाश बुढाको नामको बिरामी पुर्जा लिएर आउँदै गरेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले गएराति सल्यानको बाङ्गेलाकुरीस्थित सिमखोली प्रहरी चौंकीको चेकप्वाइन्टबाट नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया राख्नुहोस्