भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन : प्रवक्ता महत
बागलुङ । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा कर्मचारीले गल्ती गरेकाले गृहमन्त्रीले राजीनामा दिन नपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बागलुङले मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भिजिट भिसा प्रकरणमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
उहाँले गृहमन्त्रीलाई अख्तियारले दोषी नभनेको भन्दै गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने काम नगर्न रास्वपालाई आग्रह गर्नुभयो ।
महतले संसद् अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको भन्दै संसद् कला देखाउने ठाउँ नभएको बताउनुभयो ।
उहाँले भ्रष्ट्राचार निवारण आयोग संवैधानिक निकाय भएकाले स्वतन्त्र छानविन गर्न सक्ने बताउनुभयो ।
अर्को प्रसङ्गमा महले सरकारले लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भन्दै योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत तथा सचिव डम्मर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्