तपाईँ सुन्दै हुनुहुन्छः

र्यापीड टेष्ट, घोराहीका तीन जनाको रिपोर्ट नेगेटिभ

घोराही । दाङको घोराहीमा रहेका तीन जनामा र्यापीड टेष्टको परिक्षणले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट दिएको छ ।

घोराही ३ मा रहेको कुइरेपानीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका तीन जनामा गरिएको परिक्षणले रिपोर्ट नेगेटिभ दिएको हो ।

क्वारेन्टाइनमा बसेको १४ दिन भएका ब्यक्तिलाई परिक्षण गर्ने गरी तयार पारिएको ¥यापिड डाइगनोष्टिक टेष्ट (आरडिटी) पहिलो चरणमा परिक्षण गरिएको हो । दाङमा पहिलो पटक यसको प्रयोग गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय दाङले आजदेखि स्थानीयस्तरमै यसको परिक्षण गरेको छ । दाङमा एक सय वटा आरडिटी प्राप्त भएको छ । सबै स्थानीय तहका क्वारेन्टाइनमा बसेका ब्यक्तिमा यसको परिक्षण गरिने जनाइएको छ ।

रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई आइसोलेसन कक्षमा भर्ना गर्ने र प्रयोगशालामा थप परिक्षणका लागि स्वाब परिक्षण गर्ने संघीय सरकारले लक्ष्य लिएको छ । दाङमा पहिलो पटक ९ जनामा यसको प्रयोग गर्ने लक्ष्य लिइएको छ ।

यस्तै तुलसीपुरमा रहेका छ जनामा पनि ¥यापिडको परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले जानकारी दिनुभएको छ ।

पौडेलको नेतृत्वमा ¥यापिड डाइगनोष्टिक टेष्ट मार्फत् परिक्षण गर्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button