सल्यानका सबै पालिकामा कोरोना विपद् कोष

सल्यान । कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका दश वटै पालिकामा विप्द कोष स्थापना गरिएको छ । तीन नगर तथा सात गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका हुन् ।
बागचौर नगरपालिकाले तीन करोड, शारदा नगरपालिकाले २५ लाख बनगाड कुपिण्डे नगरपालिकाले १० लाखको कोष स्थापना गरेका छन् ।
यस्तै छत्रेश्वरी गाउँपालिका आठ लाख, त्रिवेणी गाउँपालिका चार लाख, कालिमाटी गाउँपालिका १२ लाखको कोष स्थापना गरेका छन् ।
यस्तै सिद्ध कुमाख गाउँपालिका आठ लाख, दार्मा गाउँपालिका ८६ लाख र कुमाख गाउँपाकिला एक करोड २२ लाख र कपुरकोट गाउँपालिकाले १० लाखको कोष स्थापना गरी सकेका छन् ।
विपद् कोषको रकम कोरोना रोकथाम, राहतमा खर्च भइरहेको सिद्ध कुमाख गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत चिन्तामणी रेग्मीले बताउनुभयो । गाउँपालिकाले विनियोजन गरेको रकमले कोभिड १९–का विरुद्ध सचेतनामुलक कार्यक्रम र राहत वितरणमा खर्च गरी रहेका छौं उहाँले भन्नुभयो । कर्णाली प्रदेश सरकारले प्रदान गर्न थालेको १५ लाख रुपैया आएमा बजेट प्रयाप्त हुने उहाँको भनाई छ ।
दार्मा गाउँपालिकाका जनप्रतिनिधिले एक महिना र कर्मचारीले पाँच दिनको सेवा सुविधा जम्मा गर्नुभएको छ ।
जनप्रतिनिधि र कर्मचारीको तर्फबाट छ लाख बढी रुपैया जम्मा भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताउनुभयो । गाउँपालिकाले समग्रमा ८६ लाखको कोरोना विपद् कोषमा जम्मा गरिएको उहाँको भनाई छ ।
आवश्यक परे अरु बजेट पनि व्यवस्था गरिने गरी हाललाई १० को राहत कोष जम्मा गएिको बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले बताउनुभयो । कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेको छ । अन्य ठाउँबाट पनि सहयोग आउनेक्रम चलिरहेको छ । उहाँले भन्नुभयोे कार्यविधिमा नै स्पष्ट रुपमा चालु बजेटबाट खर्च गर्नु भनेकाले समस्या नहोला ।
जिल्ला प्रशासनका कार्यालयमा ५० लाखको राहत कोष रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्