दिर्घरोगी तथा नियमित औषधी सेवन गर्नेका लागि घरमै औषधी सेवा
लमजुङ । लमजुङमा स्वास्थ्य कार्यालयले दिर्घरोगी तथा नियमित औषधी सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि घरमै औषधि सेवा दिइएको छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाइ गरेपछि एचआईभि संक्रमित, क्षयरोगका विरामी, गर्भपरिक्षण, परिवार नियोजनका अस्थाई साधन प्रयोगकर्ता लगायत नियमिति औषधि सेवन गर्नुपर्ने व्यक्ति प्रत्यक्ष रुपमा प्रभावित भएको भन्दै स्वास्थ कार्यलयले स्वास्थ्य संस्था र सम्वन्धि स्थानीय तहसँगै समन्वय गरी घरघरमै सेवा दिने व्यवस्था मिलाएको हो ।
औषधी लिनका लागि स्वास्थ्य सस्थामा आउन कठिनाई हुने र आवतजावतमा समस्या हुने भएपछि स्वास्थ्य कार्यलयले लमजुङमा एचआईभि संक्रमति र क्षयरोगका विरामीलाई पायक पर्ने स्थान तथा घरघरमै औषधी सेवा उपलव्ध गराएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो ।
लमजुङमा एचआईभि संक्रमतलाई एआरटी सेवा दिदै आएको एक मात्र स्वास्थ्य सस्था जिल्ला सामुदायिक अस्पताल र सामुदायिक हेरचाह केन्द्र लमजुङको सहकार्यमा संक्रमतिलाई घरमै औषधि पुर्याइएको छ ।
जिल्ला सामुदायिक अस्पतालका एआरटी काउन्सीलर गणेश गुरुङका अनुसार जिल्लामा एआरटी सेवा लिनेको संख्या एक सय छ रहेको छ । समाजमा विद्यमान कुरीती र कुप्रथा एवं सामाजिमा व्याप्त पुरानो विचार धारा, लाञ्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्लाभन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधि लिनेहरुमा भने समस्या देखिएको गुरुङले वताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्