र्यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मी बागलुङमा
बाग्लुङ । कोरोना भाइरसको उच्च जोखिम रहेका ३ जिल्लामा कोरोनाको द्रुत परीक्षण गर्ने लक्ष्यका साथ खटिएको स्वास्थ्य मन्त्रालयको टोली उपकरण सहित बागलुुङ पुुगेको छ ।
मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोली हिजो साँझ धौलागिरि अञ्चल अस्पताल बागलुुङ पुुगेको हो ।
स्वास्थ्य मन्त्रालयको टोली एक हजार जनाको द्रुत परीक्षण गर्ने किटसहित बागलुुङ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीसँगै दुई थान भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), एक हजार थान मास्क र एक हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्री पठाएको छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्