माछा मार्ने क्रममा करेन्ट लागेर बिजौरीमा एक जनाको मृत्यु

तुलसीपुर । माछा मार्ने क्रममा करेन्ट लागेर बिजौरीमा एक युवकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी निबासी ३७ बर्षका बलबहादुर थापाको मानपुरे कुलामा माछा मार्ने क्रममा करेन्ट लागेर सवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
करेन्ट लागेर घाईते भएका थापालाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्