तपाईँ सुन्दै हुनुहुन्छः

भूमि अध्यादेश फिर्ता गरी नियमित विधेयक ल्याउने सत्तापक्षीय दलहरुबीच सहमति

काठमाडौँ । सत्तापक्षीय दलहरूको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तापक्षीय दलहरूको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकाल्दै र भूमि सम्बन्धी अध्यादेशलाई नियमित विधेयकको रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । 

प्रमुख सचेतक घिमिरेले अब भूमि सम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयकका रुपमा अगाडी बढाउने र विधेयकमा सत्तापक्षीय अरू दलहरूले उठाएको विषयहरू पनि समेटेर लैजाने सहमति भएको सञ्चारकर्मीहरूलाई बताउनुभयो ।

सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमि अध्यादेश होल्ड भएको छ ।

यीमध्ये ५ वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढेको छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयकका संघीय संसदबाट रुपमा पारित हुने चरणमा रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button