तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन फागुन २६ गते हुने

धनगढी । नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन फागुन २६ गते धनगढीमा हुने भएको छ । पार्टी सभापति शेर बहादुर देउवाले अधिवेशनको उद्घाटन गर्नु हुनेछ । 

आज धनगढीमा आयोजित पत्रकार सम्मेलन काँग्रेस प्रदेश सभापति वीर बहादुर बलायरले यही फागुन २६ गते प्रदेश अधिवेशन आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले अधिवेशनमा प्रदेश भरबाट ५ सय बढी प्रतिनिधिको सहभागिता रहने बताउनुभयो ।  सभापति बलायरले फागुन २७ र २८ गते धनगढीमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने बताउनुभयो । उक्त प्रशिक्षण कार्यक्रममा डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन नहुने बताउनुभयो । उहाँले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, सुशासन, विकास र आर्थिक समृद्धि हासिल गर्न ९(काँग्रेस–एमाले) वर्तमान सरकार गठन भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button