रास्वपा महाधिवेशनः महिला उपसभापति पदमा गौतम र कार्की भिड्दै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी–रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका क्रममा खुला उपसभापतितर्फ डा.स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेको छ । अन्य पदका लागि भने आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि सहमतिको प्रयास सफल नभएमा निर्वाचन हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको अन्तिम नामावली विवरणअनुसार एक महिला उपसभापति पदमा सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ । उपसभापतिका अर्का दाबेदार समीक्षा बाँस्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिदै गौतमलाई समर्थन जनाउनुभएको छ ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत खुलातर्फ पार्टीको उपसभापतिबाहेक अन्य पदमा आवश्यकताभन्दा बढीको उम्मेदवारी परेकाले सहमतिको प्रयास भइरहेको सो पार्टीले जनाएको छ ।
यसअघि पहिलो चरणमा निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था सो पार्टीमा रहेको छ ।
पार्टी निर्वाचन आयोगकका प्रमुख भुवन केसीले पदाधिकारी चयनका क्रममा सहमतिको प्रयास भइरहेको भन्ने जानकारी प्राप्त भएको तर आयोगका तर्फबाट भने आवश्यक तयारी भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्