तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा महाधिवेशन: महामन्त्रीका चार दाबेदारको समर्थन आचार्यलार्ई

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदका दाबेदार चार जना नेताले अर्का दाबेदार विपिन आचार्यलाई समर्थन गर्नु भएको छ ।
महामन्त्री पदमा निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने र जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्नुभएको छ ।
यसअघि परराष्ट्रमन्त्री समेत रहनुभएका नेता शिशिर खनालले पनि महामन्त्री पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो ।
त्यसतै महामन्त्री पदका अर्का दाबेदार राजु पाण्डेले पनि पार्टी एकताका लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
महामन्त्री पदमा आचार्यसहित मनिष झा, गणेश कार्की, सागर ढकाल, रञ्जु दर्शनाले उम्मेदवारी दिनुभएको छ ।
रास्वपाको पदाधिकारीका लागि महिला उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्रीमा एक महिलासहित तीन पदमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button