लिखुपिके गाउँपालिकाको शाखामा आगलागी
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी भएको छ ।
वडा नम्बर ३ फुर्केचौरमा गाउँपालिकाले भाडामा लिएर शाखा सञ्चालन गरेको रुदबहादुर खत्रीको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आइतबार दिउँसो करिब १ बजे आगलागी भएको हो ।

उक्त घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार कार्यक्रमको शाखा रहेका थिए । घरमा बिजुलीको तारबाट विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रहरी चौकी चौलाखर्कबाट खटिएको प्रहरीको टोली र स्थानीयबासीहरुको सक्रियतामा आगो नियन्त्रणमा आएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले छ ।
प्रतिक्रिया राख्नुहोस्