शिक्षाविद् प्रा.डा.हेमराज पन्तलाई नागरिक अभिनन्दन
धनगढी । शिक्षाविद् प्रा.डा.हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिएको छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/476192415_2195342397530533_729576302638446987_n.jpg)
धनगढीमा आज एक समारोहका बिच पन्तलाई धनगढी उपमहानगरपालिका र विभिन्न सङ्घसंस्थाका तर्फबाट नागरिक अभिनन्दन गरिएको हो । शिक्षा क्षेत्रको (विकास) सुधारमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको सम्मान पत्रमा उल्लेख छ । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार र कैलाली बहुमुखी क्याम्पसमा पूर्व क्याम्पस प्रमुख रहेका डा.पन्त शिक्षाविद् तथा बौद्धिक व्यक्तित्व एवं शिक्षा सुधारक भनेर चिनिनुहुन्छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/475828776_953561110176365_9087743449156351841_n-612x1024.jpg)
नागरिक अभिनन्दन ग्रहण गर्नुहुँदै डा.पन्तले भन्नुभयो “आजको दिन मेराका लागि खुशी छ, मलाई सम्मानित गर्नु भएकोमा सवैप्रति धन्यवाद छ ।” त्यस अघि उहाँले विभिन्न झाकी सहित धनगढी बजार परिक्रमा गराइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्