पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको माथागढी गाउँपालिका–५ रहवासबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु२ख ५९६५ नम्बरको टिपर आज दिउँसो दुर्घटना हुँदा टिपर चालक देवदह नगरपालिका–२ का ३१ बर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
टिपर सडकदेखि २ सय मिटर तल खसेको छ । मृतक गुरुङको शव पोष्टमार्टम गर्न पाल्पा अस्पताल ल्याइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्