चितवनमा रविको सुनुवाई न्यायाधीश दयाराम ढकालको इजलासमा हुने
चितवन । सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज चितवनमा हुने भएको छ ।
लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।
आज अदालत उपस्थित भएका लामिछाने विरुद्धको मुद्दाको बयान अबको केही बेरमा हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो।
बयान सकिएपछि बहस सुरु हुनेछ। बहसको सुरूमा सरकारी वकिलहरू, त्यसपछि जाहेरवाला सहकारी पीडित पक्षका वकिल र अन्तिममा प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन् । मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।
१२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ।
गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ।
प्रतिक्रिया राख्नुहोस्