तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलले गर्यो २०० प्यालेस्टिनी बन्दीलाई रिहा

काठमाडौँ । इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। इजरायलको जेल सेवाले यससँगै सबै प्यालेस्टिनी बन्दीहरूको रिहा प्रक्रिया पूरा भएको जनाएको छ।

गाजामा भएको युद्धविराम सम्झौताअन्तर्गत, इजरायल र हमास बीच प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान यो दोस्रो पटक भएको हो। यसअघि, हमासले इजरायलबाट चार महिला बन्धकलाई रिहा गरेको थियो। यी चारै जना इजरायली सैनिक थिए।

समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार, इजरायल जेल सेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जेलमा आवश्यक प्रक्रिया पूरा भएपछि र प्रशासनको स्वीकृति पछि सबै बन्दीलाई ओफर र जियोट जेलबाट रिहा गरिएको छ।”

यो रिहाइ युद्धविराम सम्झौतामा आधारित एक महत्वपूर्ण कदम हो, जसले इजरायल र प्यालेस्टिनी पक्षका बीचका तनावलाई केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button