विपक्षी दलको बैठक बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने उनीहरूको तयारी छ । बैठकमा सबै विपक्षी दलहरूलाई बोलाएको माओवादी नेताहरूले जनाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्