५ महिनामा २० लाख बढीको भन्सार छली सामान बरामद
दार्चुला । दार्चुलामा चालु आर्थिक बर्ष २०८१–८२ पाँच महिना सम्म २० लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ ।
आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा २० लाख ८८ हजार ८८ रुपैयाँ को भन्सार छलीको सामान बरामद गरिएको भन्सार कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख विष्णु दत्त बडूले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउन देखि मङ्सिर सम्मको अवधिमा उक्त सामान बरामद गरिएको निमित्त कार्यालय प्रमुख बडूले बताउनुभयो ।
चालु आर्थिक वर्षको साउन महिनामा २ लाख ८९ हजार ८ सय ९२ रुपैयाँ बराबरको भन्सार छलिको सामान बरामद गरिएको कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यस्तै भदौमा ३ लाख ७३ हजार २ सय ७८ रुपैयाँ, असोजमा ४ लाख २० हजार ३ सय ८३ रुपैयाँ, कार्तिकमा ५ लाख ६६ हजार ५ सय ८३ रुपैयाँ र मङ्सिर महिनामा ४ लाख ३७ हजार ९ सय ५२ रुपैयाँ गरि कुल २० लाख ८८ हजार ८८ रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको निमित्त कार्यालय प्रमुख बडूले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्