कमलबजार नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अछाम । कमलबजार नगरपालिका लाई आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका १० वटै वडा लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसके पश्चात् आज पालिकालाई घोषणा गरिएको हो ।
स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ भएको कार्यक्रममा १० वटै वडाका स्वास्थ्य संस्थालाई प्रमाणपत्र प्रदान गरिएको छ । साथै स्वास्थ्यकर्मी लाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका जनस्वास्थ्य निरीक्षक टेक बहादुर बिष्टले खोपको क्षेत्रमा पालिकाको अवस्था र समग्र वस्तुस्थित लाई समेटेर प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवर, सामाजिक विकास समितिका संयोजक तथा ६ नं वडाका वडा अध्यक्ष लाल बहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा प्रत्येक वर्ष गरिँदै आएकोमा खोपका लाभग्राही लक्षित समूह कोही पनि खोपबाट बञ्चित नहुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पालिकाका जनप्रतिनिधि कर्मचारी सञ्चारकर्मी तथा आम सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वरिष्ठ जनस्वास्थ्य निरीक्षक चक्र बहादुर बिष्टले गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्