नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको फराकिलो अग्रता
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको फराकिलो अग्रता कायम रहेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार शर्माले निकतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार १४४ मतले पछि पार्दै फराकिलो अग्रता कायम गर्नुभएको हो ।
उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमती, प्रतिष्ठान, एशोसिएट र सुदूरपश्चिम, कर्णाली (जुम्ला बाहेक) प्रदेशको मत गणना हुँदा शर्माले ३ हजार ९७३ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी बिष्टले २ हजार ८२९ मत ल्याउनुभएको छ ।
अहिले मधेस प्रदेशमा मतगणना जारी रहेको छ ।
शर्मा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको साझा उम्मेदवार हुनुहुन्छ भने विष्टलाई प्रेस सेन्टर,समाजवादी प्रेसलगायतका सङ्गठनहरूको समर्थन रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्