तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल: पोखराले कर्णालीलाई दियो १०४ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको छ  

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो ।

पोखराका लागि ओपनर द्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाउनुभयो । यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०/१० रन जोड्नुभयो । 

पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिनुभयो । उहाँले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो । युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button