तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिपुर नगरपालिकाको मेयरमा काँग्रेसका कृष्णमान डंगोल विजयी

काठमाडौं। कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको छ । उहाँले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार  कांग्रेसका डंगोलले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको छ । 

यसैगरी,  नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गर्नुभएको छ । 

 नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले चार हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।

गत निर्वाचनबाट नेपाली कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button