पहिलो पटक अस्पताल हाताभित्र फार्मेसी सञ्चालनमा : बिरामीलाई औषधिमा राहत
मुगु । मुगु जिल्लाको एकमात्र जिल्ला अस्पताल ठिनीमा फार्मेसी सन्चालनमा आएसँगै बिरामीहरूलाई ओषधिमा राहत भएको छ ।
पहिलो पटक अस्पताल हाता भित्र सन्चालनमा आएको सुलभ फार्मेसीबाट जिल्ला अस्पताल ठिनीमा सस्तो, सहज र गुणस्तरीय औषधि उपलब्ध हुन थालेपछि उपचारका लागि आएका बिरामी तथा कुरुवाहरूलाई राहत पुगेकाे हाे।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्ल र अस्पतालका व्यवस्थापक डा. निर्मल नगरकोटीको संयुक्त पहलमा फार्मेसी सञ्चालनमा ल्याइएको हो।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरि सन्चालनमा आएको फार्मेसीले न्यून आय भएका दैनिक एक दर्जन भन्दा बढी बिरामीको लागि ठुलो राहत मिलेको छ
अध्यक्ष मल्लका अनुसार, “फार्मेसी सञ्चालनको मुख्य उद्देश्य बिरामीलाई गुणस्तरीय औषधी समयमै उपलब्ध गराउनु हो। यसले उपचारमा सहजता ल्याउनुका साथै आर्थिक रूपमा पनि बिरामीलाई राहत मिलेको छ।” मल्लकाे थप भनाई अनुसार “अस्पतालकाे आर्थिक अवस्था निकै कमजोर भएकाले कर्णाली प्रदेश सरकार र स्थानीय निकायबाट आवश्यक सहयोग भएको खण्डमा फार्मेसी सेवालाई अझै व्यवस्थित गर्ने योजना रहेको छ।”
जिल्ला अस्पताल ठिनीका सूचना अधिकारी पशुराम नेपालीको भनाई अनुसार “अस्पतालकाे आफ्नै लगानीमा फार्मेसी सन्चालनमा आएदेखि हामीले औषधिको उपलब्धता र गुणस्तरमा विशेष ध्यान दिएका छौँ। अब बिरामीहरूले अस्पतालमै सबै प्रकारका अति आवश्यक औषधिहरू चौबिसै घण्टा प्रिन्टिङ रेटमा नै पाउँदै आएका छन् ।”
फार्मेसी सञ्चालनमा आएसँगै स्थानीयले अस्पतालको यो कदमको प्रशंसा गरेका छन्। यसले मुगु जिल्लाका स्वास्थ्य सेवामा सुधार आउने र गरिब न्यून आय स्तर भएका बिरामीहरूलाई ठुलो राहत मिल्ने र मुगु जिल्लाकाे स्वास्थ्य स्तरमा सुधार आउने विश्वास गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्