‘कालोबजारी गर्न खोज्नेमाथि कडा कारवाही गरिने’
पोखरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसको त्रास देखाएर कालोबजारी गर्न खोज्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
शनिबार पोखरा औद्योगिक ग्रामको निरिक्षण पश्चात उहाँले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्नेलाई सरकारले कडा कारवाही गर्ने बताउनुभयो ।
दैनिक उपभोग्य वस्तुको सहज आपूर्ती भइरहेकोले कालोबजारी कसैले गरे जानकारी गारउन समेत स्थानीयबासीलाई आग्रह गर्नुभयो ।
मन्त्री भट्टले विपत्तिको समयमा सहयोग गरी सभ्य नागरिकको परिचय दिन सबैलाई अपलि पनि गर्नुभयो । नेपाल सरकारले औद्योगिक क्षेत्रहरुलाई व्यवस्थित तथा सहज ढंगबाट सञ्चालन गर्न नयाँ योजना बनाउन लागेको समेत जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथावातावरण मन्त्री विकास लम्सालले मूल्यभन्दा बढीमा बिक्री गरिनु गैरकानूनी रहेको बताउदै बिपत्तिको मौका छोपी बजारमा विभिन्न खाद्य वस्तूहरुको अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक फर्म तथा विक्रेतालाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।
मन्त्री लम्सालले गुणस्तर हिन अखाद्य वस्तू बिक्रीवितरणको लागि बजारमा नपठाउन समेत उद्योग व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्