तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाई पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ । 

 साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । निजलाई उनको  भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button