तपाईँ सुन्दै हुनुहुन्छः

सीमाका सम्बन्धमा रहेका असहमतिलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपालले सीमाका सम्बन्धमा छिमेकी मुलुकसँग रहेका असहमतिलाई कूटनीतिक माध्यमबाट समाधान गर्नु पर्नेमा विज्ञहरुले जोड दिनुभएको छ ।

दण्डपाणि अर्ज्याल  स्मृति केन्द्रले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्राध्यापक डा जयराज आचार्य, इतिहासकार प्रा.दिनेशराज पन्त र सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा सम्बन्धी भारत र चीनसँग नेपालको कुनै मत भेद भए त्यसको वार्ताबाटै समाधान खोज्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा दण्डपाणि अर्ज्याल स्मृति केन्द्र संस्थाका अध्यक्ष .ईश्वरचन्द बानियाँ, महासचिव कपिलचन्द्र खनाल र राजेन्द्रप्रसाद अर्यालले सीमा जस्तो गहन विषयमा हल्का टिप्पणी गर्ने काम कहीँकतैबाट हुन नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button