तपाईँ सुन्दै हुनुहुन्छः

घाइतेहरूको उपचारमा कुनै कमी हुन दिने छैनौँ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरूको अवस्था बारे जानकारी लिनुभएको हो । अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ खिल्जीमा सोमवार दिउँसो भएको दुर्घटनामा परी घाइते बिरामीहरूसँग भेट गर्दै उहाँले घाइतेहरूको उपचारमा कुनै कमी नहुने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सो क्रममा मुख्यमन्त्री आचार्यले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिनुभएको छ । दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए ।

घाइतेहरूको हाल अस्पतालहरूमा उपचार भइरहेको छ । भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button