तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ बिदामा मुख्यमन्त्रीले सरकारी गाडीको प्रयोग नगर्ने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैँ बिदाभरि सरकारी सवारीसाधन प्रयोग नगर्ने हुनुभएको छ । गृह जिल्ला अर्घाखाँची पुग्नुभएका आचार्यले दसैँ बिदाभरि सरकारी सवारीसाधन प्रयोग नगर्ने हुनुभएको हो ।

निजी सवारी साधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थाल्नुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढ्नुभएको हो ।

यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दसैँ बिदाभरिका लागि फिर्ता गर्नुभएको छ । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button