तपाईँ सुन्दै हुनुहुन्छः

सरकार युवालाई दक्ष बनाउने अभियानमा जुटेको छ: मन्त्री यादव

वीरगंज । खानेपानी मन्त्री प्रदिप यादवले सक्षम र योग्य युवा जनशक्तिबाट मात्रै मुलुकमा परिवर्तन आउन सक्ने बताउँदै सरकार युवालाई दक्ष बनाउने अभियानमा जुटेको बताउनुभएको छ ।
वीरगन्जमा सन्चालनमा आएको ‘सफल लोकसेवा तयारी केन्द्र’ को आज एक कार्यक्रमका बिच उद्घाटन गर्दै खानेपानी मन्त्री यादवले स्थानीय युवाहरूको पहलमा स्थापना भएको यस केन्द्रले सरकारी सेवामा करियर बनाउने चाहना राख्नेहरूको लागि ठुलो अवसर सिर्जना गर्ने दाबी गर्नुभयो ।

उहाँले शिक्षा र स्वास्थ्यमा पछाडी परेको मधेसलाई सशक्त बनाउन सक्षम र योग्य जनशक्ति तयार गर्न अहिलेको प्रमुख चुनौती रहेको बताउँदै लोकसेवा केन्द्रले सक्षम जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
केन्द्रका सञ्चालक हरिन्द्र साहले वीरगन्जसहित मधेसका युवालाई लक्षित गर्दै सफल लोकसेवा तयारी केन्द्र सञ्चालन गरिएको बताउनुभयो ।
केन्द्रमा निजामती सेवा, शिक्षक सेवा, संस्थान सेवा, सुरक्षा, बैंकिंग लगायतको तयारी कक्षा सन्चालन गरीने भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, जनता समाजवादी पार्टीका नेता तबरेज अहमद लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button