तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एआई नीतिको तयारी भइरहेको छ : सञ्चारमन्त्री गुरुङ

फाइल तस्बिर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित एक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले नेपालमा एआईको प्रयोगमा गोपनीयता, पारदर्शिता र जबाफदेहिता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति तर्जुमाको कार्य भइरहेको बताउनुभयो ।

उहाँले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० निर्माण, साइबर सुरक्षाको विषयमा अनुगमन, अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धिसम्बन्धी अवधारणा पत्र, प्रविधि र प्रणालीको सुरक्षित र जबाफदेही प्रयोग एवं डिजिटलाइजको सिस्टम निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माण सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना सम्पन्न गर्ने काम पनि भइरहेको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले सरकारले सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अगाडि बढाउने घोषणा गरेको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँले खुमलटारमा ज्ञान पार्क स्थापना गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button