दुई महिनामै तीन अर्ब राजश्व सङ्कलन
नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले दुई महिनामै तीन अर्ब रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना साउन र भदौमा २ अर्ब ९९ करोड ४३ लाख ५४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा २ अर्ब ८६ करोड ५२ लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा चालू आर्थिक वर्षको दुई महिनामा १४ करोड भन्दा बढी सङ्कलन गरेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
साउनमा १ अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौमा १ अर्ब ४९ करोड ५ लाख २० हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्