सुदूरपश्चिम प्रदेश सरकारले परिमार्जन बजेट भदौ ३१ गते ल्याउँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारले भदौ ३१ गते पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउने बताउनु भएको छ ।
आज धनगढी आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यही भदौ ३१ गते बजेट ल्याउने तयारी भइरहेको बताउनु भयो ।
अहिले अर्थ मन्त्रालय बजेट निर्माणमा लागिरहेको उल्लेख गर्नुहुँदै उहाँले बजेटको आकारमा सामान्य हेरफेर हुने बताउनु भयो ।
मुख्यमन्त्री शाहले जनताको आशा र अपेक्षालाई सम्बोधन हुने गरि बजेट केन्द्रित रहने बताउनुहुँदै विकासका सवालमा संस्थागत सुधार गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
उहाँले साझा अधिकार कार्यान्वयनमा भएको ढिलाइले चुनौती देखिएको बताउनु भयो ।
तत्कालीन सरकारले असार १ गते ल्याएको साढे ३१ अर्ब बराबरको बजेट पारित नहुँदा सरकारले परिमार्जन बजेट ल्याउने तयारी गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्