तपाईँ सुन्दै हुनुहुन्छः

विर्तामोडबाट लागुऔषधसहित छ जना पक्राउ

भद्रपुर, झापा । झापा अर्जुनधारा–११ स्थित नयाँ बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द–३ का २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समिर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जोङ, १८ वर्षीय दिपेन नेम्वाङ, झापा अर्जुनधारा–६ का १८ वर्षीय रोशन गुरुङ र इलामका २० वर्षीय सन्तोष तामाङ रहेका छन् ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा ३९.२९ ग्राम ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा बरामद गरेको थियो ।

पक्राउ परेका छ जनालाइ इप्रकामा राखी थप अनुसन्धान भइरहेको डीएसपी मुकसन्द रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button