तपाईँ सुन्दै हुनुहुन्छः

सुखानी हत्याकाण्डको सम्झानामा झापामा स्मृती दिवस

झापा । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिद्यार्थी संगठन अनेरास्ववियूले झापाको सुखानी पुगेर सुखानी स्मृति दिवस मनाएको छ ।

वि.स. २०२९ साल फाल्गुन २१ गते झापाको चन्द्रगडीबाट इलाम जेल सार्ने नाममा सुखानीको जंगलमा लगेर तत्कालीन झापा बिद्रोहका पाँचजना योद्धाहरुलाई हत्या गरेको दिनलाई सुखानी स्मृति दिवसको रुपमा मनाउने गरिन्छ ।

आज बिहान पाँच सहिदहरुलाई हत्या गरिएको स्थलमा निर्मित सहिद स्तम्भमा पुगेर महान सहिदहरुलाई सम्मान तथा माल्यार्पण गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताउनुभयो ।

श्रद्धाञ्जली कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेतृ सुनिता बराल, नेता सुरेन्द्र बस्नेतले सुखानीका सहिदहरुको योगदानको स्मरण गर्नुभएको थियो ।

सुखानीमा आज निर्धारण गरिएको नेकपाको श्रद्धाञ्जली तथा जनसभा विश्वब्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण स्थगित गरिएपछि अनेरास्ववियूले सुखानी पुगेर श्रद्धाञ्जली अर्पण गरिएको बस्नेतले बताउनुभयो ।

कार्यक्रममा तत्कालीन झापा बिद्रोहका नेता समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button