तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले बगाएर बेपत्ता एकको शव फेला, एकको खोजी जारी

भोजपुर । अविरल बर्षाका कारण आएको बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।

भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इर्खुवा खोलाको ईखुवा हाइड्रोपावरमा कार्यरत दुई मजदुरहरूलाई मंगलावार राती आएको बाढीले बगाएको थियो ।

बगाएका मध्ये बर्दियाको बारा बर्दिया गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय रमेश थारुको शव अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिम्सिनाले जानकारी दिनुभयो । बेपत्ता भएका अर्का सोही ठाउँका २६ वर्षीय श्याम कुमार थारुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताउनुभयो ।

बाढीमा परेका २६ वर्षीय राम किसन थारुको भने उद्धार गरिएको थियो । साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ गोथे बजार स्थितमा रहेको ईखुवा खोलामा आएको बाढीले हाइड्रो पावरमा कार्यरत कामदारहरू सुतिरहेको अवस्थामा राती डेढ बजेतिर आएको बाढीले बगाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button