तपाईँ सुन्दै हुनुहुन्छः

विपद् न्युनिकरणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले मुलुकमा प्राकृतिक विपद्,सडक तथा हवाई दुर्घटना न्युनिकरणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।

सभाको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा बाढी-पहिरो, यात्रुवाहक बस तथा हवाई दुर्घटनाहरूमा परि ठुलो जनधनको क्षति भएको भन्दै सरकारले दुर्घटना रोकथाम तथा न्युनिकरणका संयन्त्रहरू प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै सांसदहरुले यात्रुवाहक बस तथा हवाई दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति सरकारले तत्काल दिलाउन पनि माग गर्नुभयो ।

सांसदहरुले समयमै कृषकहरूलाई मल उपलब्ध गराउन,तराईका केही भागमा सिँचाई अभावमा रोपाई हुन नसकेकोले पानी रिचार्जिङको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button