तपाईँ सुन्दै हुनुहुन्छः

‘पुष्पलालबारे समयमै सही मूल्याङ्कन गर्न नसक्दा कम्युनिष्ट आन्दोलनले क्षति व्यहोर्नुपर्‍यो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबारे समयमै सही मूल्याङ्कन गर्न नसक्दा आन्दोलनले क्षति व्यहोर्नुपरेको बताउनुभएको छ।

काठमाडौँ जिल्ला कमिटीले ४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘सङ्गठन निर्माण र परिचालन’ विषयक विचार गोष्ठीमा उहाँले कम्युनिष्ट पार्टी जन्माउने र विचार बुझेको नेता पुष्पलालबारे समयमा सही मूल्याङ्कन गर्न सकेको भए कम्युनिष्ट आन्दोलनले अझै छिटो प्रगति हासिल गर्न सक्दथ्यो भन्नुभयो।

उहाँले पुष्पलालको विचारले आजको कम्युनिष्ट आन्दोलनलाई पुनः गठन र पार्टीभित्र देखिएका समस्यालाई समाधान गर्न पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभयो ।

उहाँले वर्ग दृष्टिकोणमा स्पष्टता नभएका पार्टीले आधारभूत जनतालाई राजनीतिकसँग जोड्न नसक्ने देखेपछि आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन पुष्पलालले विसं २००६ मा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पुष्पलालको विचारबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button