तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

धनकुटा । धनकुटामा भएको दुई वटा सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ ।

सहिदभुमी गाउँपालिका ६ ठुलो गाउँमा भएको ट्याक्टर दुर्घटनामा स्थानीय ४० वर्षीय बलिमान राइको मृत्यु भएको प्रहरीले जनाएको छ । वुधवार बिहान तीन बजे छिन्ताङबाट हिलेतर्फ जाँदै गरेको प्र.१–०२–००३ त ५८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा राइको मृत्यु भएको बताइएको छ ।

ट्याक्टरबाट खसेका राइलाई चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो । ट्याक्टरका चालक दिपराज राइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button