नेपालगञ्ज भन्सारबाट १८ अर्ब १५ करोड राजश्व सङ्कलन
बाँके। चालु आर्थिक वर्षमा नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ।
चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्य भन्दा न्यून राजस्व सङ्कलन गरेको छ । गत आवमा २८ अर्ब ६६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्ब १५ करोड रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो।

गत आवमा ६३।३४ प्रतिशत राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रुपियाँ रहेकोमा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । नेपालगञ्ज नाकाबाट जडीबुटीलगायतका सामग्रीको निकासी हुने गरेको छ । पछिल्लो समय खुल्ला सीमा नाका र अवैध रुपमा भन्सार छली गरेर भारतबाट सामान ल्याउने क्रियाकलाप बढिरहेको हुँदा लक्ष्य भन्दा कम राजस्व सङ्कलन भएको भन्सार प्रमुखको भनाई छ।







प्रतिक्रिया राख्नुहोस्