वर्षापछिको बाढी, पहिरो र डुवानबाट पुगेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ I प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुवानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उद्धारको कामलाई पहिलो प्राथमिकतामा राखेर राहत र क्षतीपूूर्तीमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
सांसदहरूले बाढी पहिरोमा वेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बाढी र पहिरोका कारण देश विभिन्न राजमार्गहरू अवरुद्ध भएको भन्दै समयमा नै सुचारु गर्न माग गर्नुभयो ।
सांसदहरुले अविरल वर्षापछि बढेको खोलानालाले काठामाडौं उपत्यका भित्रकै विभिन्न ठाउँहरू डुवानमा परेको भन्दै दैविक प्रकोपमैत्री संरचना निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले बाढीका कारण तराईका धेरै स्थानमा कटान र डुवानमा परेको विषयमा ध्यानाकर्षण गराउँदै डुवानमा परेकालाई राहत उपलब्ध गराउन र नदीहरूमा तटबन्धनको व्यवस्थापन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पहाडमा बाढी पहिरो र तराईमा डुवानका कारण वर्षेनी क्षति हुने गरेको भएपनि जोखियुक्त बस्ती र घरहरूको व्यवस्थापन तथा तराईमा तटबन्धको निर्माण लगायतका विषयमा समयमा नै ध्यान दिन नसक्दा हरेक वर्ष दैविक प्रकोपबाट क्षति बेहोर्न परिरहेको बताउनुभयो ।
समयमा नै नदी तटबन्ध निर्माण नहुन तराईका विघौविघा खेती योग्य जमिनमा बाढीले क्षति पुु¥याउदा किसानहरू मारमा परिरहेकाे भन्दै सरकारको ध्यान तटबन्ध निर्माणमा जानु पर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्