कञ्चनपुर प्रशासनले भन्यो ‘भारी वर्षा हुने सम्भावना छ, सतर्क रहनु’
कञ्चनपुर । आज राति भारी वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाद्वारा हस्ताक्षरित सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौँबाट प्राप्त सूचना अनुसार आज राती कैलाली र कञ्चनपुर जिल्लामा भारी वर्षा हुने सम्भावना देखिएको भन्ने जानकारी प्राप्त भएकाले नदी किनार र तटीय क्षेत्रमा बस्ने नागरिकहरू अहिलेदेखि नै सतर्क रहन अनुरोध गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्