तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल एपमार्फत यात्रु ओसारपसार गरेको आरोपमा २६ सवारीसाधन कारबाहीमा

पोखरा । पर्यटकीय नगरी पोखरामा पठाओ, टुटल, ईनड्राईभ जस्ता मोबाइल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा २६ वटा सवारी साधनलाई कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा क्षेत्र भित्र निजी तथा सार्वजनिक सवारी साधनहरूले दर्ता नगरी अनधिकृत मोबाइल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा ४ वटा ट्याक्सी सहित २६ वटा सवारी साधनलाई नियन्त्रणमा लिँदै कारबाही गरेको प्रहरीले जनाएको छ । 

गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय कास्कीको दर्ता नगरी चलाइएका विभिन्न एपहरूको प्रयोग गरी यात्रुहरू ओसार पसार गर्न नदिने भन्ने निर्देशानुसार खटिएको प्रहरी टोलिले अनधिकृत रुपमा विभिन्न मोबाइल एप प्रयोग गरी दर्ता तथा अनुमति नलिई यात्रुहरू ओसार पसार गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताउनु भयो  । पहिलो पटक भएको हुनाले सम्झाई बुझाई छाडिएको तर दोस्रो पटक पटकेको रुपमा उहाँहरू पुनः मापदण्ड पूरा नगरी व्यवसायीक रुपमा सवारी चलाएको भेटिएमा यातायात व्यवस्था कार्यालयले आवश्यक कारबाही हुने उहाँले जनाउनु भयो । 

प्रहरीले २ पाङ्ग्रे सवारी साधन (मो.सा./स्कुटर) – २२ ओटा र चार पाङ्ग्रे सवारी साधन (ट्याक्सी) – ४ ओटा गरी जम्मा २६ ओटा सवारी साधनहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई सोमबारदेखि अब दर्ता नगरी सञ्चालन नगर्ने गरी एक पटकलाई सम्झाई बुझाई गरी सम्बन्धित सवारी धनीहरूलाई सवारी साधन जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

यसैबिच, पठाओ, टुटल, ईनड्राईभ जस्ता मोबाइल एपबाट पोखरामा सवारी साधन सञ्चालन गर्नु भएको एउटा टोली सोमबार पोखराको चिप्लेढुंगा, न्यूरोड, पोखरा सभागृह लगायतका क्षेत्रमा बिरोध गर्दै मोटरसाइकल तथा स्कुटरको र्‍याली प्रदर्शन गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button