राजनीतिमा अपराधीकरण रोक्नु आवश्यक : नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताउनुभएको छ ।

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताउँदै भ्रष्टाचारको विषयमा जो सुकै कारबाहीमा परे पनि त्यसलाई रोक्ने काम कसैले गर्न नहुने बताउनुभयो ।
नेता कोइरालाले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने बरु काँग्रेसलाई एकताबद्ध बनाएर चुनावमा लैजाने बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य डा डिला संग्रौला तथा अर्का केन्द्रिय सदस्य एवं मुस्लिम संघका संस्थापक अध्यक्ष अवदुल सतारले राजनीतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ काँग्रेसले ध्यान दिनुपर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले नेपाली कांग्रेसको इतिहासमा मुस्लिम समुदायको योगदान महत्त्वपूर्ण रहेकाले अब काँग्रेसले यो समुदायको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्