आँखा शिविरबाट ६ सय भन्दा बढी लाभान्वित

मुगु । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य स्थल राराको माझघट्टमा आयोजना गरिएको आँखा शिविरबाट ६ सय भन्दा बढी आँखाका बिरामीहरू लाभान्वित भएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र राष्ट्रिय स्वास्थ्य कोष ,समाज कल्याण परिषद्को संयुक्त आयोजनामा सञ्चालन भएको उक्त शिविरबाट मुगु जिल्लाका विभिन्न आँखाका रोगीहरू लाभान्वित भएका हुन् । सोमबारदेखि मङ्गलवारसम्म गरि दुर्इ दिनसम्म सञ्चालन भएको आँखा शिविरबाट ६ सय जनाको निःशुल्क आँखाको जाँच, २८ जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेशन गरिएको राष्ट्रिय स्वास्थ्य कोष मुगुका सदस्य सचिव रेशम चन्द्र मल्लले जानकारी दिनुभयो । सदस्य सचिव मल्लका अनुसार तीन जना बिरामी मध्ये एक जनाको लेन्स र २ जनाको निःशुल्क आँखा हाल्न तिलगंगा पठाइने छ ।

आर्थिक अभावका कारण गाउँघरमा अधिक मात्रामा दाउरा प्रयोग हुने र दाउराको धुवाले आँखा कमजोर भई गाउँ बस्ती स्तरमा आँखाका बिरामीहरूको सङ्ख्या बढ्दै जाँदा उक्त समस्यालाई मध्यनजरमा राख्दै रारातालको माझघट्टमा रहेको हेल्प नेपाल हेल्थपोष्टमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको सचिव मल्लले जानकारी दिनु भयो । डा शुस्मा दुवाल,डा,बिनिता केसी लगायत ५ जनाको चिकित्सकको टोलीउक्त शिबिरमा संङ्लग्न रहेको बताइएको छ । पटक पटक हुने निशुल्कआँखा शिविरबाट दुर्गम जिल्लाका आँखाका बिरामीहरूलाई ठुलो राहात मिलेको छ ।







प्रतिक्रिया राख्नुहोस्