तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रवारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि उपत्यकामा केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित  हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ तर यसलाई प्रि मनसुन गतिविधि नै मान्नुपर्ने उहाँले बताउनुभयो । 

शुक्रवारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button