तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

file photo

धनगढी । सुदूरपश्चिम प्रदेश सभा आजको बैठकले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकमा सभामुख भिम बहादुर भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।

त्यस अघि मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले वार्षिक नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश सभा सदस्यबाट प्राप्त राय, सुझाव, सल्लाहलाई प्रदेश सरकारले ग्रहण गरी अघि बढ्ने बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम कार्यान्वयन प्रदेश सरकारको प्राथमिकता रहने बताउनु भयो ।

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रदेश सभा सदस्यहरु मेघराज खड्का, सन्तोष शर्मा थापा, चक्र मल्ल, धर्मराज पाठक, नरेश शाही, लक्ष्मी विक, खेमादेवी बिष्ट, जुना दानी, शिवसिह ओली, गीता माल, रमेश धामी, वीर बहादुर थापाले भाग लिनु भएको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेश सभा बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button