प्रतिनिधिसभा बैठक : मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पनि सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले तराईमा लुटपाट, चोरी डकैती लगायतका घटना बढिरहेकाले समयमै नियन्त्रण गर्नुपर्ने , अपाङ्गता तथा अशक्त व्यक्तिका लागि बजेट व्यवस्थापन गरी उनीहरूको जीवन सुरक्षित गर्नुपर्ने, बजेट विनियोजन गर्दा सम्बन्धित काम पुरा गर्न सकिने खालको बजेट व्यवस्थापन गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सासंदहरुले वर्षायाम सुरु भएसँगै विभिन्न प्राकृतिक जोखिमका घटना बढ्न सक्ने भएकाले त्यसतर्फ समयमै सचेत हुनुपर्ने, तराइ क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि समयमै ध्यान दिनुपर्ने, किसानका लागि रासायनिक मलको समयमै व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्