तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा राष्ट्रपति पौडेलको स्वीट्जरल्याण्ड र जर्मनी भ्रमण कार्यक्रम स्वीकृत

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल यही जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलन भाग लिन जानुहुने कार्यक्रम स्वीकृत गरेको हो । 

राष्ट्रपति पौडेल जेनेभाबाट जर्मनीको भ्रमणमा समेत जाने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा  खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोख्रेललाई बढुवा गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने लगायतका निर्णयहरू गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button