तपाईँ सुन्दै हुनुहुन्छः

बजेटले आशा, भरोसा र सम्भावना देखाएको छ: मन्त्री भण्डारी 

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले यसपालिको बजेटले आशा, भरोसा र सम्भावना देखाएको बताउनु भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सबै क्षेत्रलाई समेटेर बजेट आएको बताउनु भयो । मन्त्री भण्डारीले बजेट कार्यान्वयन अहिलेको प्राथमिकता भएको बताउनु भयो । पत्रकारहरूको जिज्ञासामा उहाँले सुदूरपश्चिम प्रदेश सरकारले चाडै पूर्णता पाउने बताउनु भयो । यहाँ नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी मुख्यमन्त्री हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button