तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा बुद्ध जयन्ती भव्य रुपमा मनाइयो

वीरगञ्ज । वीरगञ्ज बुद्ध समितिले शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमका २५६८औँ जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ ।
बुद्ध जयन्तीको अवसरमा समितिले वीरगञ्जस्थित माईस्थान मन्दिरमा रहेको भगवान् गौतम बुद्धको पूजाआजा गरी प्रभात फेरी निकालेको थियो ।

नेवार, तामाङ, गुरुङ, मगरलगायत विभिन्न जाती जनजातिहरूले आ–आफ्नो परम्पराअनुसार सांस्कृतिक पोशाक र बाजागाजासहित निकालिएको प्रभातफेरी माईस्थानबाट घण्टाघर हुँदै नयाँ बसपार्क, ईनर बाइपास सडक, कृष्ण प्रणामी मन्दिर हुँदै भिश्वा बुद्ध विहारमा पुगेर समापन भएको थियो ।

प्रभात फेरीमा बौद्ध धर्मावलम्बीहरुको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो भने वीरगञ्जका विभिन्न विद्यालयका छात्रा छात्रहरूको समेत उपस्थिति रहेको थियो ।

बुद्ध जयन्तीको अवसरमा भिश्वा विहारमा विद्यालयहरू तथा संघ संस्थाहरूले प्रसादमा खिर वितरण गरेको वीरगञ्ज बुद्ध समितिका अध्यक्ष डा. दिपक शाक्यले जानकारी दिनुभयो ।

बौद्ध जयन्तीको अवसरमा दिनभरी प्रवचन तथा पूजाआजा हुने र साँझ दिप प्रज्जवल गर्ने कार्यक्रम रहेको डा.शाक्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button